२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल



काठमाडौं । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यसवर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका थिए । चान्द्रमास अनुसार यसवर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।

साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउन भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ ।

यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ । पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा साउन महिनाको पनि सोमबार विशेष भीड लाग्ने गर्छ । यसवर्ष साउनमा पाँच सोमबार परेका छन् । पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

धार्मिक संस्थाको आयोजनामा यसवर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् । साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ३६ बजे

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक

कोहलपुरमा लागु औषध कारोबारे पक्राउ गर्न गोली प्रहार, घाइते एकजना सहित २ जना पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारेलाई पक्राउ गर्न

नव आगन्तुक बिद्यार्थीलाई सिसाकलम र कलम उपहार दिएर सिद्धेश्वर माबिको स्वागत

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ को पुरानो विद्यालय