२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

पोखरा महानगरमै छन् प्रहरी र कानून अधिकृत, सेक्युरिटी गार्ड र सल्लाहकार झिकाएर लाखौं स्वाहा



पोखरा । पोखरा महानगरपालिकासँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एकजनाको अवकास भएपछि २८ जनाले काम गर्दै आएका छन् । उनीहरुको प्रमुख काम नगरभित्र शान्ति सुरक्षा कायम गर्ने र आवन्छित क्रियाकलाप हुनबाट रोक्ने हो । तर पोखरा महानगरपालिकाले आफ्नै नगरप्रहरी हुँदा हुँदै बाहिरबाट सेक्युरिटी गार्ड ल्याएर गेटको सुरक्षा गर्न राखेको छ ।

महानगरको गेटमा राख्नका लागि कान्तिपुर सेक्युरिटी सर्भिसबाट २ जना सेक्युरिटी गार्ड राखेको हो । उनीहरुलाई मासिक ५४ हजार २ सय ३६ रुपैयाँ तलव दिनेगरी भर्ना गरिएको र वार्षिक ६ लाख ५० हजार भन्दा बढी खर्च हुने देखिन्छ । आफ्नै श्रोतबाट गेटको सुरक्षा गर्नुपर्नेमा सेक्युरिटी गार्ड झिकाएर गेट कुर्न लगाएको भन्दै महालेखा परीक्षकको कार्यालयले खर्च मितव्ययिता अपनाउन भनेको छ ।

पोखराका नगरप्रहरीहरु अधिकांश करारमा छन् । प्रहरी आवश्यक परे थप्नका लागि ऐन बनाइएको छ । निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले पोखरालाई कम्तिमा ७५ जना नगरप्रहरी आवश्यक पर्ने र त्यसको लागि प्रक्रिया सुरु भैसकेको बताए ।

‘प्रहरी ऐन बनेको छ । हाम्रा प्रहरीहरु चौविसै घण्टा खटिएका छन्,’ उनले भने, ‘हाम्रै प्रहरीले धान्न सके त राम्रो हो तर जनशक्ति अभावका कारण बाहिरबाट सेक्युरिटी गार्ड झिाउनुपरेको हो ।’

यस्तै, महानगरको आफ्नै कानून अधिकृत हुँदाहुँदै कानुनी सल्लाहकारका रुपमा बाहिरबाट वकिल झिकाएको पाइएको छ । पालिकाले २ जना दरबन्दीमा कानुन अधिकृत नियुक्त गरेको छ । तर पटके रुपमा कानूनी सल्लाहकार नियुक्त गरि पटक पटक रकम भुक्तानी दिएको पाइएको हो ।

कार्यालयका कर्मचारीबाट नहुने कामका लागि मात्रै परामर्श सेवामा रकम खर्च गर्नुपर्नेमा महानगरले आफ्ना कर्मचारीबाट काम नहुने उल्लेख नगरी सल्लाकार खरिद गरेको हो । यसबापत अधिबक्ता कमलप्रसाद अर्याललाई ६ लाख १० हजार भुक्तानी दिएको छ भने अधिबक्ता सोमनाथ लम्साललाई ३४ हजार २ सय ३० भुक्तानी दिएको छ । नारायण शर्मा बरिष्ठ कानून अधिकृत हुन् भने राममणी अधिकारी कानून अधिकृतका रुपमा महानगरमै कार्यरत छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ३५ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन