१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पछिल्लो चौबिस घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित, १५ सयभन्दा बढीको मृत्यु



काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् ।

यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् ।

बितेको चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र अष्ट्रेलियामा ८९ जना रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् ।

कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको व्हाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् ।

राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने व्हाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा। केविन ओ कोनोरले बताएका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४१ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय