२९ भदौ २०८३, सोमबार | September 15, 2026

न्यायालयमै कांग्रेस छन्, एम अधिकारी नखोज : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले घुमाउरो पारामा एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी भएको स्विकार गरेका छन् । एमाले निकट नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले न्यायालय लगायत धेरै स्थानमा काँग्रेस समर्थकहरु रहेको बताए । उनले प्रशासनिक र संबैधानिक निकाय सबैतिर काँग्रेसहरु रहेको भन्दै एम अधिकारीको खोजि नगर्न आग्रह गरे ।

उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् । एमालेको एक केन्द्रीय विभागमा छद्मनाममा खोटाङका एम अधिकारी सदस्य रहेको भेटिएसँगै काँग्रेस र माओवादीले गभर्नर माहाप्रसाद अधिकारी नै एम अधिकारी भएको आरोप लगाउँदै आएको छ ।

ओलीले अफनो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए । ‘खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ