४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पुष्पलालबाट दीक्षित भएर एकीकृत समाजवादी निर्माण गरेका हौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर नेकपा एमालेवाट बिद्रोह गरेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी निमार्ण गरेको पनि बताएका छन् । नेकपा एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाई छ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेवाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। नयाँ निमार्ण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’ नयाँ पार्टी निमार्ण पछि नेतृत्वको काँधमा अनेक चुनौतिहरु भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै संगठन निमार्णलाई बलियो बनाउनु पर्ने नेपालले जनाएका छन ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ५७ बजे

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको