२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

झापाको सुनकोशी चिया बगानमा काम गर्ने तीन किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला, शव परीक्षणका लागि धरान पठाइयो



झापा । झापामा एउटा रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर यसको यकिन पुष्टि भने भइसकेको छैन ।

उनीहरु तीनै जना शनिबार दिउँसोदेखि घरबाट वेपत्ता भएको परिवारले बताएका छन् । मृत भेटिएका तीनै जना चिया बगानमा काम गर्दै आएकाहरु रहेको पाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ४७ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा