६ पुस २०८२, आइतबार | December 22, 2025

म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड



यांगुन । म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो ।

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो ।

म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ । मृत्युदण्डको खवरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घटकले जनाएका छन् । प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर गठबन्धन सरकार बनेको छ ।

-एजेन्सी

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ३६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको