१८ माघ २०८२, आइतबार | February 1, 2026

गण्डकी सरकारको दुई वर्षमा उज्यालो प्रदेश घोषणा गर्ने योजना पाँच वर्षसम्म अलपत्र



पोखरा । गण्डकी प्रदेश सरकार स्थापना भएकै दिन दुई वर्षभित्र गण्डकीका सबै घरमा बिजुली पुर्‍याउने निर्णय भयो । वर्षेनी बजेट छुट्याइयो । तर निर्णय गरेको पाँच वर्ष बित्न लाग्यो, काम पूरा भएको छैन ।

आर्थिक वर्ष २०७६/०७७ मा उज्यालो प्रदेश घोषणा गर्ने योजना फेल भएको छ । अझै ०.५ प्रतिशत घरधुरीमा बत्ती पुग्न बाँकी रहेको प्रदेश सरकारले जनाएको छ ।

हालसम्म पाँच लाख ७४ हजार सात सय ९८ घरधुरीमा बिजुली पुगेको ऊर्जा मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये ९३ प्रतिशत राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण गरिएको छ भने ६.५ प्रतिशत नवीकरणीय ऊर्जाबाट बत्ती बालिएको छ । २८ सय ८४ घरधुरीमा बिजुली पुग्न नसकेको सरकारले जनाएको छ ।

नवलपुर, बागलुङ र तनहुँका केही गाउँ अझै टुकीकै भरमा छन् । राष्ट्रिय प्रसारण लाइन पुग्न सक्ने अवस्था नभएका सात स्थानीय तहका १२ सय पाँच घरमा प्रदेशकै ७५ प्रतिशत अनुदानमा सोलार वितरण गरिएको छ । चालू वर्षभित्र जुनसुकै हालतमा उज्यालो प्रदेश घोषणा गरिने ऊर्जामन्त्री हरिशरण आचार्यले जानकारी दिए ।

‘गत वर्ष घोषणा गर्ने भनेका थियौं । केही प्राविधिक कारणले सम्भव भएन । बजार मूल्य, सार्वजनिक खरिद ऐन र जिल्ला दररेटका कारण गाह्रो भयो,’ उनले भने, ‘कतिपय ठाउँमा पोल गाडियो तार टाँगेको छैन । तार टाँगियो ट्रान्सफर्म छैन । सामग्री खरिद हुन नसक्दा योजना पूरा नभएको हो ।’

गत आर्थिक वर्षमा मात्रै सरकारले २१ वटा लघु जलविद्युत आयोजनाको मर्मत गरेर पाँच सय ३५ किलोवाट बिजुली नियमित गरेको छ भने हालसम्म ९० लघु जलविद्युतमा मर्मतका लागि बजेट दिएर ३२ सय ९५ किलोवाट बिली उत्पादन नियमित गरेको छ । यसबाट १५ हजार चार सय ४० घरधुरीले सुविधा लिएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : ३४ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका