१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अमेरिकी सभामुख पेलोसी ताइवानमा: चीनले बोलायो अमेरिकी राजदूत



बेइजिङ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको छ ।

चिनियाँ उप-विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए ।
मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् ।

एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन् । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग-वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०२ बजे

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई