८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपालगन्ज उपमहानगरमा नगर प्रमुखको छड्के, ३२ जना कर्मचारी बिना सूचना अनुपस्थित



नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले हरेक दिन आफै उपस्थित हुने उपमहानगरपालिका कार्यालयमा छड्के अनुगमन गर्दा उपमहानगरमा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा बिना सूचना अनुपस्थित भएको पाइएको छ । बिना सूचना अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहिवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा ३२ जना कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भएर हाजिरी नगरेको पाइएको हो । नगर प्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित रहेको पाइएको छ ।

नगर प्रमुख विष्ट सहितको टोलीले उपस्थित रहेका कर्मचारीहरु मार्फत सबै कर्मचारीलाई दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनूगमन गर्ने जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनूगमन गरेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : ११ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको