२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : डा भट्टराई



काठमाडौ । हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।

जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ ।
ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए ।

यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ०६ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ