२३ श्रावण २०८३, शनिबार | August 8, 2026

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए ।

आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन् ।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : ५२ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध