१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए ।

आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन् ।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : ५२ बजे

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा