२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रदेशमा पनि फैलिँदै कोरोना संक्रमण



नेपालगन्ज । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अपडेटमा बाँकेमा एकै दिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिउको जानकारी अनुसार नेपालगन्जका बिभिन्न ल्यावहरुमा १६ जना र कोहलपुर स्थित नेपालगन्ज मेडिक कलेजको ल्यावमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको र १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको ल्यावमा कोहलपुर मेडिकल कलेजका चार जना र राप्तीसोनारीका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए । बिहीबार बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन् । जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेको सबै जना होम आइसोलेसनमा रहेको पनि उनले बताए । बिहीबार ६ जना निको भएका छन् ।

उता प्रदेश कोभिड १९ प्रयोगशाला रुपन्देहीमा २३ जनाको नमुना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : ५७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन