२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कांग्रेस बैठक : उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई, दल दर्ता कृष्णप्रसाद पौडेलले गर्ने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । मनोनयन पत्र पठाउनुअघि पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव हुनेछ । सोही प्रस्तावको आधारमा सभापति देउवाले मनोनयनको औपचारिक पत्र पठाउनेछन् ।

यसैगरी बैठकले निर्वाचनका लागि दल दर्ताको जिम्मा कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । बैठकपछि सहमहामन्त्री भिष्मराज आङ्दम्बेले भने, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ ।’

कांग्रेसले आगामी भदौ १० गतेदेखि २४ गतेसम्म निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान पनि गर्नेभएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ०७ बजे

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको