१७ माघ २०८२, शनिबार | January 31, 2026

रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु



काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-२ मा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले पूर्वपश्चिम राजमार्गको लच्कामा प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । मृतक तीनैजना अटो रिक्सामा सवार थिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : १५ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान