२५ श्रावण २०८३, सोमबार | August 10, 2026

रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु



काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-२ मा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले पूर्वपश्चिम राजमार्गको लच्कामा प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । मृतक तीनैजना अटो रिक्सामा सवार थिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : १५ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा