१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा



काठमाडौं । स्वास्थ्य अवस्था बिग्रीएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानै अस्पताल पुगेका छन् ।

बिहानै अस्पताल पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। भारतको मुम्बईमा लामो समय उपचार गरेर फर्केका गिरीलाई समस्या बल्झेपछि अस्पताल भर्ना गरिएको हो । पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको बताइएको छ ।

 

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : ०८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र