६ असार २०८३, शनिबार | June 20, 2026

माओवादीको २१ सदस्यीय पदाधिकारी गठन, नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र तयारी समिति गठन



काठमाडौं । नेककपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी गठन गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको २१ जना पदाधिकारीको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएका छन् भने उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ बनेका छन् । यस्तै, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृकाप्रसाद यादव भएका छन् ।

सात जना सचिवमा दीनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन भएका छन् । यस्तै कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा चुनाव घोषणापत्र मस्यौदा समिति गठब गरेको प्रवक्ता महराले जानकारी दिए । सो समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेका छन् ।

महराले सत्तारुढ दलहरुसँग साझा घोषणापत्र तयारी गर्नेबारे पनि छलफल भैरहेको बताए ।

 

 

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ५ : ३५ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त