१० पुस २०८२, बिहिबार | December 25, 2025

माओवादीको २१ सदस्यीय पदाधिकारी गठन, नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र तयारी समिति गठन



काठमाडौं । नेककपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी गठन गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको २१ जना पदाधिकारीको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएका छन् भने उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ बनेका छन् । यस्तै, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृकाप्रसाद यादव भएका छन् ।

सात जना सचिवमा दीनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन भएका छन् । यस्तै कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा चुनाव घोषणापत्र मस्यौदा समिति गठब गरेको प्रवक्ता महराले जानकारी दिए । सो समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेका छन् ।

महराले सत्तारुढ दलहरुसँग साझा घोषणापत्र तयारी गर्नेबारे पनि छलफल भैरहेको बताए ।

 

 

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ५ : ३५ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र