१६ माघ २०८२, शुक्रबार | January 31, 2026

विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला



काठमाडौं । कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), भक्तपुर र चितवनमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका–१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् ।

पर्वतको पैयुँ गाउँपालिका–७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको थाहा नगरपालिका–३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका–६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १ : १२ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी