२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, ७७ जिल्लामा तोकिए केन्द्रीय प्रतिनिधि



काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौंदेखि काठमाडौंमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  २ : ११ बजे

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका