१० पुस २०८२, बिहिबार | December 25, 2025

कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : देव गुरुङ



काठमाडौं । मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै बिषयमा छलफल भइरहेको बताए ।

कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरुमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्नेछन् । यसरी दावेदारको नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुनेछन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुनेछ । यद्यपि, प्रजातान्त्रिक पक्रिया पनि मानिन्छ ।

उनले पार्टीका ‘ह्याभी वेट’हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताए । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उनको भनाइ छ ।

उनले सत्ता साझेदार गठबन्धतसँगै निर्वाचनमा पनि गठबन्धन हुने दोहोर्ए । तर, कसरी सिट विभाजन हुने भने टुङ्गो नलागेको बताए । तर, कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नमिल्ने बताए । उनले भने, ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनु पर्छ । हामी मापदण्ड बनाउ भनिरहेका छौं । छलफल जारी छ १–२ दिनभित्रै टुङ्गिन्छ ।’

कार्यक्रममा उनले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताए । प्रजातन्त्र दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्छ ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  २ : ३२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र