६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र : कार्यविधि नबन्दै उद्घाटन् हुँदै



बुटवल । राजधानीलाई आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधार मध्यको सुबिधासम्पन्न सभाहल बुटवलमा उदघाटन भईरहँदा लुमिबनी प्रदेश सरकारका मन्त्रीहरुलाई राजधानी बुटवलबाट दाङ सार्न निकै हतार भएको छ । प्रदेशको राजधानीको मुख्य पूर्वाधारकारुपमा लिईएको अन्राष्ट्रिय सभाहलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उदघाटन गरिरहँदा देउवाले नै अस्थायी राजधानी तोकेका बुटवलबाट जबर्जस्ती राजधानी सार्न मुख्यमन्त्रीले कर्मचारीहरुलाई दवाव दिएका दियै छन् ।

कुनै बेला घना जंगल भएको बुटवलको रामनगरछेउमा अहिलेको विकास हुने सायदै कसैले सोचेका थिएनन । पटकपटक यहाँका ब्यवसायीक, राजनीतिक, सामाजिक संघसंस्थाहरुले मिलेर सरसफाई कार्यक्रम गरेको धेरैलाई सम्झना छ । महेन्द्र राजमार्गसंग जोडिएको बुटवल उपमहानगरपालिका वडा नं १० को यही ठाँउ यतीबेला निक्कै आर्कषक भएको छ । ९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक भनिएको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र तयार भएको हो ।

एमालेको आठौं महाधिवेशनमा बन्दसत्र गर्ने हलको अभाव देखेपछि तत्काल एमाले केन्द्रीय सदस्य र हालका एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको परिकल्पना गरेका थिए । पाँच वर्षमा पुरा हुने गरि बिसं २०७१ सालमा शुरु भएको यो परियोजना शुरुवातमा रुख कटानी, नदीजन्य सामग्रीको अभाव, कोभिड संक्रमण लगायतको कारण समयभन्दा ३ वर्ष ढिला गरि समुदघाटन हुन गैरहेको छ । आधुनिक र उन्नत प्रविधियुक्त तयार भएको केन्द्र बाहिरीबाट हेर्दा नै निक्कै आर्कषक छ । राष्ट्रिय झण्डाको सूर्यचन्द्रको डिजाईनमा निमार्ण भएको दुई वटा मुख्य भवनमध्ये सुर्य भवनमा १ हजार क्षमताको मुख्य बाल्कोनीसहितको सभाहलसहित आठ वटा अन्य सानाहलहरु छन । यसैगरि चन्द्र भवनमा २ वटा २ सय क्षमताका हलहरु छन । दिउसोभन्दा रातमा भवन आर्कषण देखिन्छ । लाईटसहिटको वाटर फाउण्टेसन यसको अर्को मुख्य आर्कषण हो । सभाहलको पश्चिमतर्फ ४ सय चार पाग्रे र ४ सय दुई पाग्रे सवारी पार्क गर्ने क्षमताको पार्किङ रहेको छ ।

बुटवल सभाहल तथा प्रद्धशनी केन्द्र निर्माण कार्यान्वयन इकाईका प्रमुख धर्मेन्द्र पन्थीले संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रुपैयाको लागतमा सम्मेलन केन्द्र तयार भएको बताए । ‘धेरै समस्या खेप्दै काम पुरा भएको छ ।’– उनले भने । केन्द्रमा रहेका लेक्चर हल, ब्रिफिङ हल समेत गरि सबै हलहरुको क्षमता २ हजार ७ सय रहेको क्षमता रहेको छ । लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकिय स्थलहरुको नामबाट हलहरुको नामाकरण गरिएको छ । अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्ने गरि तीन तहकै सरकारको समन्वन गर्ने विषयमा छलफल भैरहेको उनले बताए । केन्द्रको सञ्चालन खर्च वार्षिक ३ करोड रुपैया लाग्ने भन्दै उनले छिटोभन्दा छिटो संचालन गर्नुपर्ने उनको सुझाव छ । शहरी विकास मन्त्रालयले सभाहल संचालन कार्यविधि नबनाउदा तयार भएको अब कसरी अघि बढ्ने अन्यौल देखिएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नगरपालिका संचालन गर्न सक्षम रहेको कुरा शहरी विकास मन्त्रालयसंग छलफलमा गरेको बताए । आफुलाई हस्तान्तरण भएपनि कार्यविधि बनाउने भन्दै उनले अहिलेसम्म सामान्यतया छलफल गर्दा ५ सय क्षमतासम्मको सभाहल स्थानिय सरकारलाई दिने प्रावधान रहेको देखिएको बताए । यससम्बन्धि ३ प्रकारको विधिमा रहेर संचालन भएको बुझिएको भन्दै यसको संरक्षणका लागि पनि स्थानिय सरकारलाई संचालनको जिम्मा दिनुपर्ने बताए । संरक्षकत्व राम्रो नभएर टुटफुट र मक्किने भन्दै यसको संचालन स्थानिय निकायलाई दिनु उपयुक्त हुने उनले दाबी गरे । बुद्धजन्मस्थल लुम्बिनी र यसको पर्यटकिय सम्भावनालाई समेत यसले सहयोग मिल्ने देखिन्छ ।

संचालन कार्यविधि बिना उद्घाटन
बुटवल अन्तराष्टिय सम्मेलन केन्द्र आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । पाँच वर्षमा पुरा हुने गरि बिसं २०७१ सालमा शुरु भएपनि रुख कटानी, नदीजन्य सामग्रीको अभाव, कोभिड संक्रमण लगायतको कारण ३ वर्ष ढिला गरि समुदघाटन हुन गैरहेको हो ।

शहरी विकास मन्त्रालयले सभाहल तयार भैसक्दा पनि यसको संचालन कार्यविधि भने बनाएको छैन । कार्यविधि नहुदा यो उद्घाटन भएपनि संचालन हुने देखिदैन । संचालन खर्च नै मासिक १३ लाख अनुमान गरिएको सम्मेलन केन्द्रको उदघाटन सम्पन्न भएपनि त्यसको संचालनको निरन्तरता भने अन्यौलमा छ । शहरी विकास मन्त्रालयले प्रधानमन्त्रीलाई ल्याएर उदघाटन गराउने सममको काम गरेपनि त्यसपछि सम्मेलन केन्द्र कस्ले चलाउने, संचालन कार्यबिधि के हो ? दैनीक दायित्व कस्ने व्यहोर्ने ? भन्ने विषयमा मौन रहेको छ ।

 

 

 

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ३२ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल