२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

सरकारी जग्गा अतिक्रमणकारीका पक्षमा उभिए खेलकुद मन्त्री गहतराज



नेपालगन्ज । स्थानीयतहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान थालेपछि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अतिक्रमणकारीको पक्षमा उभिएका छन् । मन्त्री गहतराजकै निर्वाचन क्षेत्र रहेको कोहलपुर नगरपालिकाले वर्षौदेखि अतिक्रमण गरेको बसपार्क क्षेत्रमा बल प्रयोग गरेर हटाउन शुरु गरेपछि मन्त्री गहतराज अतिक्रमण गरेर व्यवसाय गरिरहेकाहरुको पक्षमा उभिएका हुन् ।

मन्त्री गहतराजले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् । उनले पछिल्लो गतिविधिबारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने बताए ।

देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री गहतराजले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताए । मन्त्री गहतराजले अतिक्रमण हटाउने स्थानीयतहको कार्यलाई सस्तो लोकप्रियताको संज्ञा दिँदै नागरीकहरुको शान्ती सुरक्षा र उनिहरुको ब्यवस्थापन गर्ने दायीत्व सरकारको रहेको बताए ।

देशभर अवब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी निति बनाईरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न स्थानीय तहलाई आग्रह गरे ।

असार मसान्त पूर्व नै ३५ दिने सूचना जारी गरेर कोहलपुर नगरपालिकाले आजबाट अतिक्रमण हटाउन थालेको थियो । संघीय मन्त्रीको अतिक्रमणकारीको पक्षमा प्रतिक्रिया आएपछि नगरपालिकालाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ ।

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : ३९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री