१० पुस २०८२, बिहिबार | December 25, 2025

सरकारी जग्गा अतिक्रमणकारीका पक्षमा उभिए खेलकुद मन्त्री गहतराज



नेपालगन्ज । स्थानीयतहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान थालेपछि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अतिक्रमणकारीको पक्षमा उभिएका छन् । मन्त्री गहतराजकै निर्वाचन क्षेत्र रहेको कोहलपुर नगरपालिकाले वर्षौदेखि अतिक्रमण गरेको बसपार्क क्षेत्रमा बल प्रयोग गरेर हटाउन शुरु गरेपछि मन्त्री गहतराज अतिक्रमण गरेर व्यवसाय गरिरहेकाहरुको पक्षमा उभिएका हुन् ।

मन्त्री गहतराजले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् । उनले पछिल्लो गतिविधिबारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने बताए ।

देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री गहतराजले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताए । मन्त्री गहतराजले अतिक्रमण हटाउने स्थानीयतहको कार्यलाई सस्तो लोकप्रियताको संज्ञा दिँदै नागरीकहरुको शान्ती सुरक्षा र उनिहरुको ब्यवस्थापन गर्ने दायीत्व सरकारको रहेको बताए ।

देशभर अवब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी निति बनाईरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न स्थानीय तहलाई आग्रह गरे ।

असार मसान्त पूर्व नै ३५ दिने सूचना जारी गरेर कोहलपुर नगरपालिकाले आजबाट अतिक्रमण हटाउन थालेको थियो । संघीय मन्त्रीको अतिक्रमणकारीको पक्षमा प्रतिक्रिया आएपछि नगरपालिकालाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ ।

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : ३९ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न