१० पुस २०८२, बिहिबार | December 25, 2025

गृहमन्त्री खाणले भने– राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् ।

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए । तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  २ : ०६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न