२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बुधबारसम्म गठबन्धनमा सिट संख्याको टुंगो लाग्नसक्छ : प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्ममा सत्ता गठबन्धनले सीट संख्याको टुंगो लगाउन सक्ने बताएका छन् ।

पार्टीको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुईदिनभित्र सिट संख्या टुंगो लगाउने विषयमा कांग्रेस नेताहरुसँग कुरा भएको बताए । प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेल प्रक्रियाले टुंगो पाउने बताए ।
प्रचण्डले भने, ‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ । ’

प्रचण्डकाले २० गतेभित्र कुन क्षेत्र कुन पार्टीले लिने भन्ने संख्या टुंगिने र २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने बताए ।

प्रचण्डले पार्टीभित्रको अन्तर्घातका कारण स्थानीय निर्वाचनमा ५० सिटमा हारेको पनि बताए । उनले भने, ‘जनमत हाम्रो पक्षमा हुँदा हुँदै हामीले ५० प्लस हारियो, हाम्रो जनमत हुँदा हुँदै किन हारियो ? पार्टीभित्रको आन्तरिक व्यवस्थापन राम्रो नहुँदा गुमायौं। देशभर भने बढायौ ।’ उनले घात÷प्रतिघात गर्नेलाई कारवाहीको दायरामा ल्याएर यसपटक राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्न जान्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको जिकिर गर्दै बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्नसक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ४ : २२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री