१० पुस २०८२, बिहिबार | December 25, 2025

बुधबारसम्म गठबन्धनमा सिट संख्याको टुंगो लाग्नसक्छ : प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्ममा सत्ता गठबन्धनले सीट संख्याको टुंगो लगाउन सक्ने बताएका छन् ।

पार्टीको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुईदिनभित्र सिट संख्या टुंगो लगाउने विषयमा कांग्रेस नेताहरुसँग कुरा भएको बताए । प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेल प्रक्रियाले टुंगो पाउने बताए ।
प्रचण्डले भने, ‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ । ’

प्रचण्डकाले २० गतेभित्र कुन क्षेत्र कुन पार्टीले लिने भन्ने संख्या टुंगिने र २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने बताए ।

प्रचण्डले पार्टीभित्रको अन्तर्घातका कारण स्थानीय निर्वाचनमा ५० सिटमा हारेको पनि बताए । उनले भने, ‘जनमत हाम्रो पक्षमा हुँदा हुँदै हामीले ५० प्लस हारियो, हाम्रो जनमत हुँदा हुँदै किन हारियो ? पार्टीभित्रको आन्तरिक व्यवस्थापन राम्रो नहुँदा गुमायौं। देशभर भने बढायौ ।’ उनले घात÷प्रतिघात गर्नेलाई कारवाहीको दायरामा ल्याएर यसपटक राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्न जान्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको जिकिर गर्दै बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्नसक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ४ : २२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न