२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

पत्रकार श्रेष्ठ, भट्टराई र कुँवर एकीकृत समाजवादीबाट उम्मेदवारमा सिफारिस



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

विभाग प्रमुख तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले श्रेष्ठलाई सङ्घीय सांसदमा तथा समानुपातिकमा भट्टराई र कुँवरलाई क्रमशः बारा ३(क) र अछाम १(क) बाट प्रदेशसभामा प्रत्यक्ष प्रणालीतर्फ सिफारिस गरेको हो ।

बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचारप्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस सङ्गठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए । विभागले पार्टी घोषणापत्रमा सञ्चार विषयमा समेटिने बुँदाका लागि विभागका सदस्य र पत्रकारहरूसँग सुझाव पनि मागेको छ ।

विभागले ‘कलम’ न्युज पोर्टल र पत्रिकालाई निरन्तरता दिने, जर्नलका रूपमा पार्टी मुखपत्र ‘समाजवाद’ निर्वाचनअघि नै प्रकाशन गर्ने, व्यापक रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम परिचालन गर्ने, नियमित रूपमा ‘मिट द प्रेस’ कार्यक्रम आयोजना गर्ने, पार्टी नेता र उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा आबद्ध गराउनेलगायत सङ्गठन विस्तार, प्रचार सामग्री प्रकाशन तथा उत्पादन आदिबारे पनि निर्णय गरेको छ ।

सो अवसरमा पार्टी उपमहासचिव खतिवडाले वर्तमान गठबन्धनबाट नै बढीभन्दा बढी सिट लिने प्रयास भइरहेको र नेकपा (माओवादी केन्द्र)सँग विभिन्न विषयमा निकटमा रहिरहेको जनाउँदै गठबन्धन असफल भएमा वाममोर्चा बनाउन सकिने सोचाइ पनि रहेको जानकारी दिए । यसैबीच समाजवादी प्रेस सङ्गठनले यही भदौ महिनाभित्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमस्तरीय भेला तथा बैठक गर्ने विभागका अर्का उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : ११ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि