२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रचण्डको सुर्खेत भ्रमण स्थगित



सुर्खेत । पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।

सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । शुक्रबार एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेतमा बिहीबार हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत , जनार्दन शर्मा भने सहभागी हुनेछन् ।

बिहीबारको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आ‌ंकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ । चुनावको मुखैमा मन्त्री फेरबदलले माओवादी वृत्तमा ठूलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तवाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।

बुधबार मात्र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिँदै गर्दा कर्णाालीमा राजनीतिक सरगर्मी बढिरहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ११ : १९ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको