५ चैत्र २०८२, बिहिबार | March 19, 2026

डाइभर्सनमै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक पुनः अवरुद्ध



१७ भदौ, पाल्पा । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड पुन: अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन पुन: अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण बुटवल पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।

अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए । सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरुको प्रयोग गर्न सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ७ : २३ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन