८ असार २०८३, सोमबार | June 22, 2026

पार्टीभित्र नेताहरुबीच बोलचाल समेत छैन, सबै नेता प्रचण्ड बन्न खोज्दा चुनाव हार्‍यौं : प्रचण्ड



सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा धेरै प्रचण्डहरु बन्न खोज्दा चुनाव हारेको टिप्पणी गरेका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीले १७५ पालिका जित्ने आंकलन गरेपनि गुटबन्दी भएकै कारण हार्न पुगेको बताएका हुन् ।

प्रचण्डले पार्टीभित्र धेरै प्रचण्डहरु जन्मिन खोज्दा गुटबन्दी बढेको र त्यसको प्रभाव चुनावमा देखिएको जिकिर गरे । उनले भने, ‘यही कारण स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षाअनुसार परिणाम आउन सकेन । आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा १७५ स्थानीय तह अपेक्षा गरेकोमा १२२ मा सीमित भयौं । ५० भन्दा बढी जितेको पनि गुमायौं ।’

प्रचण्डले नेताहरुमा प्रचण्ड भन्दा ठूलो नेता मै हुँ भन्नेहरु समेत रहेको बताए । बोलीमा प्रचण्डलाई नेता मानेपनि व्यवहारमा प्रचण्ड भन्दा ठूलो नेता मै हुँ भन्दै हिँड्नेहरु भएको उनले जिकिर गरे । नेताहरुको बीचमा बोलचाल समेत नहुँदा त्यसको प्रभाव कार्यकर्तामा परेको उनले बताए । ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो’, उनले भने ।

प्रचण्डले गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती रहेको बताउँदै कर्णालीका नेता कार्यकर्तालाई पनि गुटबन्दी रोक्न आग्रह पनि गरे ।

 

 

 

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  २ : १९ बजे

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय