२० बैशाख २०८३, आइतबार | May 3, 2026

जुम्लामा कांग्रेस निर्वाचनका लागि ५३ जनाको नाम सिफारिस



जुम्ला । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।

त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।

प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ ।

समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कांग्रस जुम्लाले जनाएको छ ।

 

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ७ : ०२ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको