२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा तरङ्ग, क्षेत्रीय समन्वय कमिटी संयोजकद्वारा राजीनामा



काठमाडौं । अछाममा भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विवाद उत्पन्न भएको छ ।

रावललाई टिकट नदिएपछि नैतिकताको आधारमा एमालेको क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । यस्तै रावल निकट जिल्ला कमिटीका नेताहरुले समेत सामुहिक राजिनामा दिने भन्दै आजै भेला बोलाएका छन् ।

क्षेत्रीय कमिटी संयोजक शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा दिएको जानकारी गराएका छन् । शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । उनले

भीम रावललाई अछाम जिल्ला कमिटीले क्षेत्र नं. १ मा एकमतले एकल उम्मेदवार चयन गरेको थियो । तर, अध्यक्ष ओलीले आफ्नो विरोधमा रहने नेता रावललाई टिकट नदिएर माओवादीबाट एमाले बनेका झपट बोहोरालाई टिकट दिएका थिए । उम्मेदवार चयन गर्दा बसेको बैठकमा अछाम जिल्ला इन्चार्ज बाहोरा नै प्रमुख अतिथि रहेका थिए ।

माधवकुमार नेपाललाई छोडेर ओलीसँग १० बुँदे सहमति गर्दै सम्झौता गरेका रावललाई ओलीले दण्डित गर्दै टिकट नदिएको विश्लेषण गरिएको छ । १०औं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न चाहेका ओली विरुद्ध रावलले उम्मेदवारी दिएपछि ओली झन बढी चिढिएका थिए ।

 

 

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ०९ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री