२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

भीम रावलपछि ओलीको डण्डा बर्सियो घनश्याममाथि, रुपन्देहीमा एमालेबाट को को ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसालको टिकट पनि खोसेका छन् ।

एमालेमा १० बुँदेको पक्षधर भुसालको ठाउँमा ओलीले तालमेलको नाममा रुपन्देही क्षेत्र नं. ३ राप्रपालाई दिएपछि भुसाल टिकट पाउनबाट बञ्चित भएका छन् ।

ओलीले १० बुँदेका नेता भीम रावलको टिकट खोसिसकेका छन् । भुसाल र रावल ओलीको निर्देशन विपरित गत महाधिवेशनमा उम्मेदवारी दिएका थिए ।

ओलीले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै उम्मेदवारको सूची प्रदेश इन्चार्ज छविलाल विकलाई बुझाइसकेका छन् ।
रुपन्देही १ मा छविला विश्वकर्माले नै टिकट पाएका छन् । यस प्रदेशको प्रदेशसभा क मा तालमेलका उम्मेदवारले पाउनेछन् भने ख मा माओवादी छोडेर एमाले बनेका दधिराम न्यौपानेले पाएका छन् ।

क्षेत्र नं. २ मा साविककै विष्णु पौडेलले टिकट पाएका छन् । २ को क मा लिला गिरी र ख मा भोजप्रसाद श्रेष्ठले पाएका छन् । घनश्याम भुसालले यसअघि चुनाव जितेको ३ मा राप्रपाका उम्मेदवारलाई एमालेले सघाउने छ । यस क्षेत्रको क मा तालमेलका उम्मेदवारलाई सघाउने छ भने ख मा तुलसीप्रसादलाई टिकट दिएको छ ।

क्षेत्र नं. ४ मा तालमेलका उम्मेदवारलाई सघाउने छ । जनता समाजवादी पार्टी जसपा एमालेसँग मिसिएपछि सोही पार्टीका उम्मेदवारलाई एमालेले सघाउने भएको हो । प्रदेशसभा तर्फ क मा हजरत अलिले टिकट पाएका छन् भन् ख तालमेलका लागि छुट्याइएको छ ।

क्षेत्र नं. ५ पनि तालमेलका लागि छुट्याइएको छ । यस क्षेत्रको प्रदेशसभा कमा भुमेश्वर ढकाललाई टिकट दिइएको छ भने ख मा तालमेलका लागि छुट्याइएको छ ।

 

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ११ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि