२० मंसिर २०८२, शनिबार | December 6, 2025

आजको मौसम : देशभर मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

यसैबीच, गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ । चेपे नदी, दरौदी नदीका स-साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ७ : ४३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी