१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह



झापा । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत साउन १२ गते भद्रपुर-४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर-७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो । भद्रपुर-४ स्थित आमडाँगीमा इलाम टि-प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो ।

गत शनिबारमात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक-एक जनाले सोही क्रममा ज्यान गुमाए । बुद्धशान्ति-२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति-३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर-५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर-११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो ।

यस्तै हल्दिबारी गाउँपालिका-५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय खोला-नालामा विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् । सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ ।

जिल्लामा वैशाखयता मनसुनजन्य घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । केहीको वर्षाका कारण नदी तथा खोलामा आएको बाढीले बगाउँदा र केहीको नहर, खोला तथा नदीमा पौडी खेल्ने क्रममा बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै विगत केही दिनदेखि करेन्ट लागेर विभिन्न घटना-दुर्घटना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाउने, खुलारूपमा रहेका बिजुलीका नाङ्गा तारले दुर्घटना बढाएकाले त्यस्ता कार्य निषेध गर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न यहाँका विद्युत् प्राधिकरणका सबै शाखालाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ५८ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७