३ असार २०८३, बुधबार | June 17, 2026

विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह



झापा । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत साउन १२ गते भद्रपुर-४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर-७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो । भद्रपुर-४ स्थित आमडाँगीमा इलाम टि-प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो ।

गत शनिबारमात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक-एक जनाले सोही क्रममा ज्यान गुमाए । बुद्धशान्ति-२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति-३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर-५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर-११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो ।

यस्तै हल्दिबारी गाउँपालिका-५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय खोला-नालामा विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् । सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ ।

जिल्लामा वैशाखयता मनसुनजन्य घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । केहीको वर्षाका कारण नदी तथा खोलामा आएको बाढीले बगाउँदा र केहीको नहर, खोला तथा नदीमा पौडी खेल्ने क्रममा बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै विगत केही दिनदेखि करेन्ट लागेर विभिन्न घटना-दुर्घटना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाउने, खुलारूपमा रहेका बिजुलीका नाङ्गा तारले दुर्घटना बढाएकाले त्यस्ता कार्य निषेध गर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न यहाँका विद्युत् प्राधिकरणका सबै शाखालाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ८ : ५८ बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान