९ असार २०८३, मंगलबार | June 23, 2026

निलम्बित प्रधान्यायाधीश जबरासँग आज अन्तिम सवाल जवाफ हुँदै



काठमाडौं । महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अन्तिम बयान लिँदैछ ।

बिहान ११ बजे बस्ने बैठकमा समितिले तयार पारेका प्रश्नमध्ये बाँकी आठ वटा प्रश्नको जवाफ माग गर्ने तयारी भएको हो ।
यसअघि जबराले आइतबार पनि समितिमा उपस्थित भएर जवाफ दिएका थिए । त्यसक्रममा उनले सहकर्मी न्यायाधीशहरु, राजनीतिक दलका शीर्ष नेताहरु, वरिष्ठ वकिलहरु लगायतलाई आरोपित गरेका थिए।

जबराले आफुले न्यायपालिकालाई आँच पुग्ने कुनै काम नगरेको दाबी गर्दै महाअभियोग लगाउनुपर्ने कुनै कारण नभएको जिकिर गर्दै आएका छन् ।

जबरा विरुद्ध गत फागुन १गते सत्तापक्षका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर लामो समयपछि गत भदौ १ गते मात्र संसदले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । भदौ ८ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : ४७ बजे

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान सुरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति

तराईमा तातो लहर कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २:०० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले