२ चैत्र २०८२, सोमबार | March 17, 2026

लुटपाट र मानव बेचविखन तथा ओसारपसार मुद्दाका दुई आरोपी पक्राउ



चितवन । भदौ २६ गते दिउँसो करिब १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका-४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक्स लगाएका अपरिचित व्यक्ति प्रवेश गरे ।

बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकेका ती व्यक्तिले मनि ट्रान्सफरमा छिरी काउन्टरमा बसिरहेकी स्टाफलाई मार्ने धम्की दिए ।

त्यसपछि उनले मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद दुई लाख चार हजार २५० रुपैयाँ जबरजस्ती डाँका फरार भए । उक्त घटनाको उजुरीपछि चितवन प्रहरीले सिसिटीभी फुटेजलगायतका प्रमाण संकलन ग¥यो ।

उक्त व्यक्तिको खोजतलास गर्ने क्रममा बागमती प्रदेश ०३-००१ ह १२६३ नम्वरको अटो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्व घर भई हाल भरतपुर–१६ मा डेरा गरी बस्ने बर्ष ४२ को मिनमान सुनारलाई प्रहरीले भदौ २७ गते दिउँसो करिब साढे १ बजे भरतपुरको चौविसकोठीबाट अटोसहित पक्राउ गरेको हो ।

निजमाथि प्रारम्भिक रुपमा सोधपुछ गर्दा निजले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र निजको शरीरमा चेकजाँच गर्दा साथमा १३ हजार ६०५ रुपैयाँ फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । निजको कोठा चेकजाँच गर्दा एक लाख ६७ हजार रुपैयाँ नगद र धारिलो हतियार दाउ दुई वटा बरामद गरिएको उनले बताए ।

निजले घटना घटाउँदा लगाएको कपडा भरतपुर-२६ सिसैस्थित घोलभित्र लुकाई छिपाई राखेको अवस्थामा भेटिएको उनको भनाइ छ । निज व्यक्तिमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको उनले बताए ।

त्यसैगरी, वैदेशिक रोजगारीको लोभ देखाएर महिलालाई बेच्न लागेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुवेतमा ५० हजार रुपैयाँ तलब आउने रोजगारी लगाइदिन्छु भनि महिलालाई फकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले नारायणगढ पुलचोकबाट काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराईलाई भदौ २७ गते पक्राउ गरेको हो ।

म्याग्दीको वेनी नगरपालिका-१० स्थायी घर भई हाल भरतपुरमा परीवारसँग बस्दै आएकी एक महिलालाई भट्टराईले भारत हुँदै कुवेत लगरेर बिक्री गर्ने मनसाय राखेको प्रहरीले जनाएको छ । भारतको बाटो हुँदै कुवेत जाने विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई भारततर्फ लैजादै गर्दा साना हात नामक संस्थाको सहयोगमा भट्टराईलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ६ : २७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित