१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौंको सडकमा सास्ती नै सास्ती



काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ ।

भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले भीआईपीको सवारीका समय विकल्प खोज्न सर्वसाधारणलाई अनुरोध गर्ने गरेको छ । तर, सरकारले वैकल्पिक बाटो निर्माणमा चासो नदिँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

चान्सु हाल पाँचतारे होटल सोल्टीमा बसेका छन् । उनको सवारी क्रममा कलंकी, बल्खुलगायत रिङरोडमै सार्वजनिक सवारी साधन रोकिने गरेको छ । मुख्य सडकमा यातायात आवतजावत रोकिँदा वैकल्पिक व्यवस्था नै छैन ।

सरकारले नदी कोरिडोरका सडक विस्तार, मर्मतसम्भारमा चासो नदिँदा वैकल्पिक सडक ओझेलमा छन् । बल्खु बाटो नदी कोरिडोर हुने सडक केही पर जाँदा डुबान देखिन्छ । नदी कोरिडोर अन्यत्रका सडकसमेत व्यवस्थित हुन सकेका छैनन् । कतै ठूला गाडी गुड्न नसक्ने अवस्थाका छन् त कतै साघुँरा र अप्ठ्यारा रहेका छन् ।

नदी कोरिडोरका सडक निर्माणको जिम्मा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरलगायत स्थानीय तहको रहे पनि उनीहरूले आवश्यक चासो देखाएका छैनन् ।

काठमाडौं उपत्यकाको यातायात व्यवस्था कुनै भीआईपीको सवारीले मात्र होइन, अलिकति ठूलो वर्षा भए पनि अस्तव्यस्त हुने गरेको छ ।

केही दिनअघि वर्षा हुँदा काठमाडौं त्रिपुरेश्वर, टेकु, पुतलीसडक, जमल, अनामनगर, कपनलगायत क्षेत्र अस्तव्यस्त बने । महानगर र ट्राफिक प्रहरीले कतिपय क्षेत्रमा ढल खोलेर जमेको पानी हटाएपछि मात्र यातायात सुचारु भएको थियो ।

काठमाडौंका मुख्य तथा सहायक सडकमा दीर्घकालीन ढल व्यवस्थापन नहुँदा समस्या पटकपटक दोहोरिने गरेको छ । जसका कारण सामान्य वर्षा हुँदासमेत ट्राफिक व्यवस्थापनमा प्रहरीलाई हम्मे पर्ने गरेको छ भने सर्वसाधरण घण्टौं जाममा बस्न बाध्य बन्छन् ।

काठमाडौंमा जथाभावी फोहोर फाल्ने गर्दा पनि वर्षा हुनासाथ सडकमा पानी आएर जाम हुने गरेको पाइन्छ । सडकछेउका पसल तथा सर्वसाधारणले जथाभावी फोहोर फालिदिएपछि फोहोर थुप्रिएर ढल थुनिने र सडकमा पानी आउने गरेको छ ।

सम्बन्धित निकायले दीर्घकालीन रूपमा ढल तथा सडक व्यवस्थापन, वैकल्पिक तथा सहायक सडक निर्माण तथा सम्भारमा आवश्यक चासो दिएका छैनन् । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : १२ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष