२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

काठमाडौंको सडकमा सास्ती नै सास्ती



काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ ।

भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले भीआईपीको सवारीका समय विकल्प खोज्न सर्वसाधारणलाई अनुरोध गर्ने गरेको छ । तर, सरकारले वैकल्पिक बाटो निर्माणमा चासो नदिँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

चान्सु हाल पाँचतारे होटल सोल्टीमा बसेका छन् । उनको सवारी क्रममा कलंकी, बल्खुलगायत रिङरोडमै सार्वजनिक सवारी साधन रोकिने गरेको छ । मुख्य सडकमा यातायात आवतजावत रोकिँदा वैकल्पिक व्यवस्था नै छैन ।

सरकारले नदी कोरिडोरका सडक विस्तार, मर्मतसम्भारमा चासो नदिँदा वैकल्पिक सडक ओझेलमा छन् । बल्खु बाटो नदी कोरिडोर हुने सडक केही पर जाँदा डुबान देखिन्छ । नदी कोरिडोर अन्यत्रका सडकसमेत व्यवस्थित हुन सकेका छैनन् । कतै ठूला गाडी गुड्न नसक्ने अवस्थाका छन् त कतै साघुँरा र अप्ठ्यारा रहेका छन् ।

नदी कोरिडोरका सडक निर्माणको जिम्मा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरलगायत स्थानीय तहको रहे पनि उनीहरूले आवश्यक चासो देखाएका छैनन् ।

काठमाडौं उपत्यकाको यातायात व्यवस्था कुनै भीआईपीको सवारीले मात्र होइन, अलिकति ठूलो वर्षा भए पनि अस्तव्यस्त हुने गरेको छ ।

केही दिनअघि वर्षा हुँदा काठमाडौं त्रिपुरेश्वर, टेकु, पुतलीसडक, जमल, अनामनगर, कपनलगायत क्षेत्र अस्तव्यस्त बने । महानगर र ट्राफिक प्रहरीले कतिपय क्षेत्रमा ढल खोलेर जमेको पानी हटाएपछि मात्र यातायात सुचारु भएको थियो ।

काठमाडौंका मुख्य तथा सहायक सडकमा दीर्घकालीन ढल व्यवस्थापन नहुँदा समस्या पटकपटक दोहोरिने गरेको छ । जसका कारण सामान्य वर्षा हुँदासमेत ट्राफिक व्यवस्थापनमा प्रहरीलाई हम्मे पर्ने गरेको छ भने सर्वसाधरण घण्टौं जाममा बस्न बाध्य बन्छन् ।

काठमाडौंमा जथाभावी फोहोर फाल्ने गर्दा पनि वर्षा हुनासाथ सडकमा पानी आएर जाम हुने गरेको पाइन्छ । सडकछेउका पसल तथा सर्वसाधारणले जथाभावी फोहोर फालिदिएपछि फोहोर थुप्रिएर ढल थुनिने र सडकमा पानी आउने गरेको छ ।

सम्बन्धित निकायले दीर्घकालीन रूपमा ढल तथा सडक व्यवस्थापन, वैकल्पिक तथा सहायक सडक निर्माण तथा सम्भारमा आवश्यक चासो दिएका छैनन् । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : १२ बजे

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी