२७ पुस २०८२, आइतबार | January 12, 2026

संसदीय सुनुवाइका लागि तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन भनेको हो ।

न्यायपरिषद्को‍ २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सिफारिस गरिएकाहरूलाई ‘न्यायाधीशमा नियुक्ति गर्नु ठिक छैन भन्ने कसैलाई लागेमा कार्यालय समयभित्र ७ असोजभित्र उजुर दिन’ भनेको छ ।

न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : २७ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको