९ असार २०८३, मंगलबार | June 23, 2026

कुनैबेला मनमोहन अधिकारीका ‘प्रिय कार्यकर्ता’ सत्यदेव भट्टराईको निधन



खजुरा । नेपाली कम्युनिष्ट आन्दोलनका पुराना निष्ठावान नेता सत्यदेव भट्टराईको निधन भएको छ । सुर्खेत, बाँके र बर्दियामा कम्युनिष्ट आन्दोलनको बिउ छर्ने नेताकारुपमा परिचित भट्टराईको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

७९ वर्षको उमेरमा भट्टराईको निधन भएको पारिवारिक सदस्यहरुले पुष्टि गरेका छन् । २०२३ सालमा भारतको बनारसमा बलराम उपाध्यायको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका भट्टराईले पुस्पलाल समुहमा बसेर राजनीति प्रारम्भ गरेका थिए ।

सुर्खेतको सिम्ता क्षेत्रमा कम्युनिष्ट पार्टीको थालनी गर्दै पुजर्वास कम्पनीको जग्गा वितरणसँगै उनी २०२४ सालमा बाँके झरेका थिए । बाँकेमा पनि निरन्तर कम्युनिष्ट संगठन विस्तारमा क्रियाशिल उनको घरमा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले आफ्नो मार्क्सवादी कालमा भूमिगत जीवन बिताएका थिए । जनमत संग्रहका बेला भट्टराई ५ महिना जेल समेत परेका थिए । पञ्चायती व्यवस्थाको विरोध गरेबापत तत्कालिन प्रधानमन्च कमल पोखरेलको सुराकीमा भट्टराईलाई पक्राउ गरिएको भट्टराईका समकक्षी राजनीतिक अगुवा डा. बाबुराम गौतमले बताए ।

४६ सालको जनआन्दोलनमा नेपालगन्जमा कडा सुरक्षालाई छिचोल्दै एक्लै कालो झण्डा देखाएबापत भट्टराई र बाँके सीतापुरका जङ्गबहादुर खत्रीलाई प्रहरीले पाशाविक यातना दिएको थियो ।

बनारस हिन्दु संस्कृत विश्व बिद्यालयबाट सन १९६४ को प्रवेशिका परीक्षका कलेजमा बोर्ड फष्ट भएका भट्टराई शिक्षा, कृषि र सहकारी अभियानका अभियन्ता पनि हुन् । चारपाते क्लव मार्फत युवालाई कृषिमा आकर्षण दिने शुरुवात गरेका उनले सहकारी आन्दोलन र कोहलपुर स्थित शितभण्डार स्थापनामा उल्लेख्य योगदान दिएका छन् ।

२ छोरा र १ छोरीका बावु भट्टराईको शव बाँकेको खजुरा गाँउपालिका २ के गाँउमा आज राखिने र भोलि बिहान दाहसस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : २८ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३