२७ श्रावण २०८३, बुधबार | August 13, 2026

स्थानीयतह निर्वाचनमा उम्मेदवार बनेकाले कांग्रेसबाट टिकट नपाउने



काठमाडौं । नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई टिकट नदिने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड तय गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

बैठकले विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निश्क्रिय बसेका सदस्यहरुलाई पार्टीमा पूर्ववत रुपमा सपिक्रय हुन आह्वान समेत गरेको ती नेताले बताए ।

उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बोलाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : २४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको