३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

कांग्रेसका क्षेत्रीय सभापति राई पाँच वर्षका लागि पार्टीबाट निष्कासित



उदयपुर । उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै तततत् जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिएका थिए ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएका छन् ।

गठबन्धनविरुद्ध कांग्रेस उदयपुरका क्षेत्रीय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका हुन ।
उनले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सर्कुलरबमोजिम निष्कासनमा परेका हुन् ।

तत्कालीन कांग्रेस जिल्ला कार्य समिति सचिवसमेत रहेका राई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओवादी प्रवेश गरेका थिए । तर, दुई वर्ष नबित्दै पुन: कांग्रेसमै फर्काएर उनलाई पूर्ववत् जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियाशील रहेका थिए । राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियाशील सदस्यहरू लीलाराज अधिकारी र मिनकुमार दाहाल पनि कारबाहीमा परेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जयप्रसाद सुवेदी र उनका प्रस्तावक भरत कार्कीलाई पनि पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ४८ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा