१८ भदौ २०८३, बिहिबार | September 3, 2026

‘महापुरुष’ को प्रसारमा मोफसल टुर



बुटवल । मोफसल टुरमा रहेको नेपाली चलचित्र ‘महापुरुष’ को टिम बुटवल आइपुगेको छ । प्रमोशन दुरमा रहेको टोलीले शनिवार बुटवलका हल भिजिटका साथै यहाँ सञ्चारकर्मीहरुसँग अन्तक्रिया गरेको छ ।

हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई लगायतको जम्बो टोलीसहित साताअघि असोज २५ बाट यात्रामा निस्किएको टोली शनिबार बुटवलमाहुँदै पोखरातर्फ लागेको छ । शनिबार साँझ तिलोत्तमाको होटल टुलिपमा सञ्चारकर्मीसहरुसँग अन्तरक्रिया गर्दै फिल्म निर्माता रविन्द्र सिंह बानियाले लगानी उठाइसकेको प्रतिक्रिया दिएका छन् ।

भाइटिकाको अर्को दिन कार्तिक ११ गतेबाट देश तथा विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने महापुरुषले विदेशमा हुने प्रदर्शनको कलेक्सनबाटै लगानी उठाइसकेको दाबी गरे । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरुष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरू भन्दा यस पटक झनै माझिएका छौँ’–कार्यकारी निर्माता बानियाँले भने ।

कलाकार गौरी मल्ल, हास्य कलाकार राजाराम पौडेल तथा नव नायक अरुण क्षेत्री र नव नायीका अन्जना बराइलीले यात्राका क्रममा फिल्म सफल हुने संकेत र सोही अनुसारको उत्साह प्राप्त गरेको दाबी गरे । नयाँ र पुरानो बसै पुस्तालाई समेट्नेगरी निर्माण गरिएको फिल्मको कथा उत्तिकै राम्रो भएको कलाकार गौरी मल्लले दाबी गरिन् । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया आफैमा सफल निर्माता हुनुका साथै उनले लामो समयसम्म सुष्म अध्ययन गरेर फिल्म तयार पारेको कलाकार राजाराम पौडेलले दाबी गरे । बानियाले यसअघि निर्माण गरेका फिल्महरु पनि सफल हुन सकेको बताउँदै उनले महापुरुषमा पनि छुट्टै मौलिकता र बास्तविकतासहित केही रोमान्स पनि मिसिएका कारण हरेक दृष्टिकोणबाट फिल्म सफल हुने उनको दाबी छ ।

‘मोफसल भ्रमण’ अन्तर्गत असोज २५ मा विर्तामोड, असोज २६ गते इटहरी र विराटनगर, असोज २७ मा हेटौडाको तथा असोज २८ मा नारायणगढको हुँदै महापुरुषको टोली असोज २९ शनिबार बुटवल आइपुगेको थियो । सोही अभियान अन्तरगत उनीहरु आइतबार पोखरामा कार्यक्रम गर्ने तालिका रहेको छ ।

सामाजिक विषयवस्तुमा आधारित पारिवारिक ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वललुइँटेल लगायतको अभिनय रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा यो फिल्मसँगै यसअघि सफल मानिएका टलक जङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण भाइसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : २२ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा