१२ असार २०८३, शुक्रबार | June 27, 2026

बाँके-३ (क)मा प्रदेशसभामा माओवादी केन्द्रबाट २ जना उम्मेदवार !



खजुरा । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभाको निर्वाचनमा एकै क्षेत्रबाट २ जना माओवादी उम्मेदवार बन्ने भएका छन् । बाँके ३ (क)मा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका आईपी खरेलको उम्मेदवारी कायम रहेकै बेला नेकपा एकीकृत समाजवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गराएपछि एकै निर्वाचन क्षेत्रमा माओवादीका २ जना उम्मेदवार हुने भएको हो ।

आज अपरान्ह माओवादीमा प्रवेश गरेका दलबहादुर सुनारले आफ्नो स्वतन्त्र उम्मेदवारी कायम राखेका छने भने आईपी खरेलले पनि सामाजिक सञ्जाल मार्फत आफु गठबन्धन र माओवादीको आधिकारीक उम्मेदवार भएको स्पष्ट पारेका छन् ।

आईपी खरेल स्थानीय कमिटीबाट सिफारिसमा नपरेको अवस्थामा पार्टीले तीनै आईपीलाई टिकट दिएपछि क्षेत्र नम्बर ३ का दर्जन बढी नेताहरुले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । तीनै पार्टी छाडेका माओवादी कार्यकर्ताहरुले सुनारलाई पार्टी प्रवेश गराएर माओवादीको आधिकारीक उम्मेदवार मानेर हिँड्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ ।

पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारी कायम रहेका नेतालाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीका उम्मेदवारका विषयमा अलमलमा परेका छन् । यस अघि तल्लो कमिटीबाट भएको सिफारिस विपरित उम्मेदवारु चयन गरिउको भन्दै बाँके ३ का दर्जन बढी कार्यकर्ताले राजीनामा दिईसकेका छन् ।

स्वतन्त्र उम्मेदवारी कायम राखेर पार्टी प्रवेश गराईउका सम्बन्धमा सम्पर्क गर्न खोज्दा माओवादी केन्द्रका बाँके संयोजक एवं खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानको मोबाईल अफ गरेर बसेका छन् । बाँके ३ (क)मा एमालेले रत्न खत्रीलाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ३४ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३