खजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री तथा गठबन्धनबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले संविधान रक्षाका लागी बनेको गठबन्धन प्राकृतिक भएको बताएका बताएका छन् । चुनावी प्रचारका क्रममा बाँकेको खजुरा ई गाँउ पुगेका राठौरले स्थानीय तहमा जसरी गठबन्धनबाट सरकार बन्यो त्यसरी नै अब प्रदेश र संघको सरकार बनाउन सके यहाँको विकास सहज हुने बताए ।
उनले आफु सँधै जनताको सेवाका लागी राजनीतिमा गरिरहेको दाबी गर्दै विकासका लागी आफु सँधै प्रतिबद्ध रहेको पनि बताए ।
प्रचार कार्यक्रममा बोल्दै माओवादी बाँकेका संयोजक एवं खजुरा गाउंपालिका अध्यक्ष डम्बर विक तुफानले खजुरा भत्काउनेलाई चुन्ने कि खजुरा बनाउनेलाई चुन्ने ? छुट्याउने बेला आएको बताए । ‘बालुवाटारर सिंहदरवारमा दबाव दिन सक्ने नेता उम्मेद्वारका रुपमा राठौरलाई पाएका छौं,अब उहाँलाई जिताउनु पर्ने छ ।’ अध्यक्ष तुफानले भने ।
खजुरा वडा नं. ४ का अध्यक्ष एवम माओवादी नेता देव वहादुर रोकायले सहभागीहरुलाई स्वागत गरेका थिए ।



















प्रतिक्रिया