४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री गहतराज



नेपालगन्ज । बाम-लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैयामा शनिबार कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालय स्थापना भएसँगै पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई तिब्र पारेको छ । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ शनिबार बाँके आए लगत्तै चुनावी अभियानलाई तिब्र पारिएको हो ।

गृह जिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी(२ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले परिवर्तनकारी शक्तिबीच भएको गठबन्धनले संबिधान र ब्यवस्थाको रक्षा गर्ने बताए ।

प्रतिगमनकारीबाट संविधान र ब्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्दै मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए ।

तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुन समेत उनले गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गरे । ‘ब्यवस्था बद्लियो, अब जनताको अबस्था बदल्न जरुरी छ, पाँच दलिय गठबन्धन भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्छ,’ उनले भने ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाई छ । ‘क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफु समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री अथकले क्षमा मागेका थिए । पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उनले जनाएका छन् । बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकले बताए ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । उनले थपे, ‘आजको ब्यवस्थाप्रति माओवादी र काँग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पुर्वसभासदद्धय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपानेलगायत गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ०२ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको