३० श्रावण २०८३, शनिबार | August 15, 2026

सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालय



काठमाडौं । गृहमन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एकजनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ । आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एकजनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उनले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताए ।

उनले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताए । दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उनको भनाइ छ । स्थानीयले ढुङ्गा र बाँसले हानेर केही प्रहरीसमेत घाइते भएका उउनले बताए । ।

उनले बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताए । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिए ।

बाजुराका सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्टले उक्त घटनामा एकजनाको मृत्यु भएको र दुई घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिए । सो क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ११ बजे

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India