बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।
दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेलले मतान्तर बढाउँदै अग्रता लिएका हुन
२१ हजार ७१९ मत गणना हुँदा एमालेका पौडेलले ७५५५ मत पाएर अग्रता गरिरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ६८६९ मत पाएका छन् ।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ५ हजार ५०२ मत पाएर तेस्रो स्थानमा छन् ।
१ लाख २६ हजार ८ सय ७ मतदाता रहेको रुपन्देही-२ मा ८१ हजार मत खसेको थियो ।



















प्रतिक्रिया