७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही ४ (२) मा कांग्रेसका वसिउद्दीन खाँ विजयी



भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का मोहनलाल यादवले ८ हजार २ सय ६५ र जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा पनि खाँ रुपन्देही ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत देवेन्द्र आचार्यले अहिले प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँलाई विजयी घोषणा नगरिएको बताए ।

प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले जानकारी दिए । यो क्षेत्रमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज